चरेससहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २६, मंगलवार १५:३४
सांकेतिक तस्बिर

दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवै जनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।