इँटा प्रहार गरी पुडासैनीको हत्या, हेटौंडाका तामाङ पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २६, मंगलवार १६:३०

काठमाडौं । हत्या गरेको आरोपमा प्रहरीले सोमबार साँझ काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका–८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने अन्दाजी ७२ वर्षीय जगत बहादुर तामाङ रहेका छन् ।

तामाङलाई सोही आश्रममा बस्ने मकवानपुरको भीमफेदी गाउँपालिका–४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीको हत्या गरेको आरोपमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, तामाङले इँटा प्रहार गरी पुडासैनीको हत्या गरेका थिए । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।