समाचार

माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोलाको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि भदौ १७ गते आइतबारसम्मका लागि आयोजना प्रभावित स्थानीय बासिन्दालाई लक्षित गर्दै आइपीओ जारी गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरिएकोमा...

मधेसमा जसपाको विस्तारित बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ वटै जिल्लामा आज विस्तारित बैठक बस्दैछ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी...

आइतबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको भाउ १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जानकारी गराएको हो । महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी...

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । जुम्लामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान गुठीज्यूलाबाट मुगु जाँदै गरेका नाग्म गमगड राजमार्गको कनकासुन्दरी–४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको...

जेसीज कपको उपाधि सौराहले हात पार्यो

मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित) लाई ७–२ गोल अन्तरले पराजित गर्दै सौराहले उपाधि हात पारेको हो । सौराह जेसीसले उपाधिसँगै नगद रुपैयाँ पनि प्राप्त गरे । यस्तै, उपविजेता भएको...

नवोदयको ‘मुन सभा’ सकियो

हेटौंडा । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय हेटौंडा–४ को आयोजनामा झएको तीनदिने नवोदय नमुना संयुक्त राष्ट्र संघीय मुन कार्यत्रम शनिबार सकिएको छ । नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका...

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको छ । उनीहरुलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । जिल्लाको तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६...

कांग्रेसले तोक्यो १५ केन्द्रीय विभागका प्रमुख

काठमाडौँ । नेपाली कांग्रेसले १५ वटा केन्द्रीय विभागको प्रमुख तोकेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहितको धारा ३७ (१) (ग) बमोजिम विभागका प्रमुख तोकेका हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न नेताहरुलाई निम्न विभागमा मनोनयन गरिएको छ । १ कृष्णचन्द्र नेपाली पोखरेल – प्रदेश...

एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजबाट सुरु

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी पूरा भइसकेको एमालेले जनाएको छ । एमालेका सात वटै प्रदेश कमिटीमध्ये लुम्बिनी प्रदेशले सबैभन्दा पहिले अधिवेशन गर्दैछ । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने...

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि...