तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार १६:२९

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ ।

कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।

आज बरुण हाइड्रोपावर, शुभम पावर र समता घरेलु लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै, बुधबार अरुण काबेली पावर, अपि पावर लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।