कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार १५:४९
file-photo

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी असोज २ गतेको लागि तय भएको बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने गरी सरेको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका हुन् ।

‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ,’ पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’