समाचार

ललिता निवास प्रकरण : आज ४ जना सरकारी वकिलले बहस गर्ने

काठमाडौं । ललिता निवास प्रकरणमा सोमबार चार जना सरकारी वकिलले बहस गर्ने भएका छन् । सरकारको तर्फबाट ४ जनाले बहस गर्न लागेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा र जनक घिमिरेसहित चार जनाले बहस गर्ने उपन्यायाधीवक्ता रमेश भट्टराईले जानकारी दिए । यसअघि आइतबार जिल्ला...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा हुने सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले आजै विहान साढे ११ बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन...

हेटौंडामा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पाण्डेको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा महोतरीको जलेश्वर नगरपालिका वडा नम्वर १ बस्ने अन्दाजी ३२ वर्षीय राकेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गत...

यस्तो रहनेछ आजको मौसम पूर्वानुनमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहनुका साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू...

मकवानपुरमा थप २३ जनामा डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप २३ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १८, मकवानपुरगढी गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका...

ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान मल्लरानी ४ खलंगा घर भई काठमाडौँको सामाखुशी बस्ने नवराज खड्का रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुशीबाट पक्राउ गरेको हो । प्रहरीका...

सर्वोच्चद्वारा पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेका हुन् । भिसा नियमित...

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा

काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र...

हेटौंडामा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

मकवानपुर । हेटौंडामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय ती पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार ती पुरुष हेटौंडा उपमहानगरपालिका वडा नं.१५ संसारी पुल मुनी भदौ ७ गते अचेत अवस्थामा फेला...