स्व. नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार ०९:३५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको अन्त्येष्टि आज राजकीय सम्मानका साथ हुने भएको छ । उनको अन्त्येष्टि बिहान ११ बजे पशुपति आर्यघाटमा हुने भएको हो ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । उनको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।

नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।