समाचार
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने
काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ । सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । यस्तै सभामुख घिमिरेले नेपाल र भारतबीच भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई विजयको शुभकामना समेत दिए ।
कांग्रेसद्वारा बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन
काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । पार्टीका सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय तयारी समिति गठन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सव सम्पन्न गर्न यसअघि नै सहमहामन्त्री पाण्डेलाई...
राष्ट्रिय सभामा कानुन अध्ययन प्रतिवेदन प्रस्तुत
काठमाडौं । संविधान बमोजिम बन्नुपर्ने कानुन अध्ययन प्रतिवेदन–२०८० राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले उक्त प्रतिवेदन सदनमा पेस गरेकी हुन् । उक्त प्रतिवेदन सर्वसम्मरूपमा स्वीकृत भएपछि सदस्यहरूले प्रतिवेदनमाथि छलफल गरेका छन् । संविधान कार्यान्वयन गर्न अत्यावश्यक कानुन निर्माण गर्ने,...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको...
डेंगू संक्रमित साढे २२ हजार नाघ्यो
काठमाडौंं । नेपालमा डेंगू संक्रमितको संखया दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगू संक्रमितको संख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो साढे सात महिनाको अवधिमा संक्रमितको कुल संख्या २२ हजार ६२७ जना पुगेको हो । तीमध्ये १४...
अवैध लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट प्रहरीले अवैध लागूऔषधसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन २ ग्राम ९५ मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका–४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय...
जसपाले मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्यो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठ वटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसअनुसार, सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतलनीवासमा भेटवार्ता भएको हो । सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले...
खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु
रुकुम । रूकुम पश्चिममा आइतबार खोलाले बगाउदा एकै घरका दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका– ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा...
प्रतिनिधि सभा बैठक बस्दै
काडमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद् सचिवालयमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको...










