मिड सोलुको आईपीओ आजबाट बिक्री खुला

तु खबर संवाददाता
२०८० भाद्र २९,शुक्रबार १०:३५
file-photo

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले १४ हजार ९६८ कित्ता कर्मचारीहरूका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओ छिटोमा असोज १ गते र ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने बताइएको छ ।