समाचार
क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका–६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका–४ ठेगाना भएका ३५...
झिनो अंकले घट्यो नेप्से, ७९ करोड ६८ लाखको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको हो । आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको छ...
कुटपिट गरी वृद्धको हत्या, दुई जना पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको आरोपमा प्रहरीले सोमबार साँभल दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
कांग्रेस अनुशासन समितिद्वारा उजुरीमाथि छानबिन
काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया सुरु गरेको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया सुरु गरेको हो । कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ४३ जिल्लाबाट दुई हजार ३००...
सिंगापुर एयरलाइन्सले वाइडबडीबाट दशैं–तिहार लक्षित उडान भर्ने
काठमाडौं । सिंगापुर एयरलायन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर बोइङ वाइडबडीबाट उडान भर्ने भएको छ । कम्पनीले सिंगापुरबाट काठमाडौंमा बोइङ ७८७–१० ड्रिमलाइनर वाइड बडीमार्फत उडान भर्ने भएको हो । कम्पनीका अनुसार, वाइडबडीमा ‘विजनेश क्लास’ को सिटमात्रै ३६ वटा छन् भने इकोनोमि क्लास क्याबिन ३०१ वटा छन् ।...
अवैध लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, भक्तपुर, मोरङ, पर्सा, बारा र कैलाली गरी ६ छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पाँचथर फालेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१४ डेरा गरी बस्ने ३५ वर्षीय जंगबहादुर...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको जनाएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो । भाउ घटेसँगै आज छापावाल सुन प्रतितोलामा १ लाख १२ हजार ७०० रुपैयाँ...
एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान संचालन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो । अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा...
विद्युतीय धरापमा परेर महिलाको मृत्यु
धनगढी । कैलालीको धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा...
इरानको कोइला खानीमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो
बाग्दात । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परेर ६ जना श्रमिकको ज्यान गएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा भएको विस्फोटमा परेर ६ जनाको ज्यान गएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन । श्रमिकको...










