शुक्रबार स्थगित बागमती प्रदेश सभा आज बस्दै

मकवानपुर । शुक्रबार स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।
शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा एक दिन पर सारेर आज बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।