समाचार

गोहीको आक्रमणबाट महिलाको मृत्यु

चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको...

आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको हो । आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि...

आज तीजको दर खाने दिन

मकवानपुर । आज भाद्र शुक्ल द्वित्तिया तिथी अर्थात तीजको दर खाने दिन । भोलि तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर सम्म जागराम बसी दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरी ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती...

बागमती प्रदेश सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शनिबार बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् । सभाुमख पाठकका अनुसार, प्रदेश सभाको अर्को बैठक असोज १४ गते बिहान ११ बजे बस्नेछ । बागमती...

शान्ति प्रिय र योञ्जनलाई जागरुक महिला सम्मान

मकवानपुर । मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ । सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शनिबार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरेको हो । साहित्य र सहकारीको क्षेत्रबाट महिला शक्तिकरणमा...

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द रहने

मकवानपुर । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो । संघले जारी गरेको विज्ञप्ति अनुसार, आइतबार देशभरका सम्पूर्ण...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...

स्व. नेम्वाङको निधनमा बागमती प्रदेश सभा शोक प्रस्ताव पारित

मकवानपुर । बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुख स्व. सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना...

सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको भाउ घटेको हो । महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन,...

आगलागीमा परेर दुई जनाको ज्यान गयो

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण...