समाचार

तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । बुधबार खुकुरी आक्रमणमा परेका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको...

वडाध्यक्ष रिजालको निधन, पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस क्षेत्र नम्बर– ७ का सभापति मुकुन्द रिजालको निधन भएको छ । उनको निधन निमोनियाबाट भएको ग्राण्डी अस्पतालले जनाएको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज विहान ७ः३० बजे निधन भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा....

एकैपटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेका...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ४०० को हारहारीमा पुग्यो

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका ३ जना र अन्य जिल्लाका एक जनामा डेंगू संक्रमण पुष्टि...

हेटौंडामा घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न

मकवानपुर । जालपा देवी महिला उद्यमी केन्द्रको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडामा घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जालपा देवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । प्रदर्शनी कार्यक्रममा १७ स्टल...

भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति गठन

मकवानपुर । मकवानपुरको हेटौंडामा आज भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति गठन गरिएको छ ।  मकवानपुरमा रहेका भूमिहीन सुकुम्बासी क्षेत्रबहादुर मोक्तानको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह–संयोजक सुर्यबहादुर थोकर र सचिवमा सोमबहादुर योञ्जन लगायत रहेका छन् । वर्षैदेखि भोगचलान गर्दै आएको आफ्नो जग्गाहरु नापजाच गर्न...

कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, खुकुरी प्रहारबाट...

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कांग्रेसबाट तीन जना, एमालेबाट दुई जना र अन्यबाट एक–एक जना...

बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा भेटियो डाक्टर कोइराला

विराटनगर । झापाको दमकका डाक्टर उज्ज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । गत भदौ १० गतेदेखि उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । प्रहरीका अनुसार, उनको शव सुनसरीको वराहक्षेत्र २...

लोसपाले वडासम्म समीक्षा र सुधार अभियान चलाउने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म समीक्षा र सुधार अभियान चलाउने भएको छ । मंगलबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले अभियान चलाउने निर्णय गरेको हो । मंगलबार जनकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले...