खड्काले पाए कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । नेपाल सरकारको कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादूर खड्काले पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।