आगलागीमा परेर दुई जनाको ज्यान गयो

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको हो ।
उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको हो । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।