स्व. नेम्वाङको निधनमा बागमती प्रदेश सभा शोक प्रस्ताव पारित

मकवानपुर । बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले संविधान सभा अध्यक्ष एवम् पूर्व सभामुख स्व. सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।
शोक प्रस्ताव पारित भएसँगै सभाुमख पाठकले प्रदेश सभाको बैठक आगामी असोज १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।