सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको भाउ घटेको हो ।
महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।
यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको कारोबार मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो ।