राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० भाद्र ३०,शनिबार १४:५२
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएका छन् ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।

साथै भेटमा समसामयिक विषयमा पनि छलफल भएको थियो ।