यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० भाद्र ३०,शनिबार ०९:२५
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुका साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।