पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स्थानीय १२ वर्षीया समीक्षा माझी र १० वर्षीया रेजिना खवास रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीयले फेला पारेका थिए ।
कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।