आज बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको आज दिउँसो १ बजेका लागि बोलाइएकोे बैठक विशेष कारण देखाउँदै एक दिन पर सारिएको छ ।
बैठक भोलि विहान ११ बजे बस्ने भएको सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।
सचिवालयका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।