समाचार
निर्माणाधिन घरको छतबाट लडेर हेटौंडाकी खड्काको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा शनिबार दिउँसो निर्माणधिन घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया लक्ष्मी खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, खड्का इट्टा बोक्ने क्रममा स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट लडेकी...
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से घटेको छ । आज नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ । आज नेप्से घटेसँगै १३...
विद्युतीय पासोमा परेर एक युवकको मृत्यु
भरतपुर । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय २६ वर्षीय धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । प्रहरीका अनुसार, विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल...
सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने
काठमाडौं । सरकारले यस वर्ष संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने...
चट्याङले लियो वृद्धको ज्यान
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जना वृद्धको ज्यान गएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस...
नेपालबाट २ करोडको स्यानिटरी प्याड निर्यात
काठमाडौं । नेपालबाट एक महिनाको अवधिमा २ करोड रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात भएको छ । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा २ करोड ३ लाख रुपैयाँ बराबरको ७१ लाख ३८ हजार पिस प्याड निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार, नेपालबाट निर्यात हुने...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले गएराति सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुवेदीसहित ७ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक...
अवैध गाँजासहित तीन जना पक्राउ
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित प्रहरीले शनिबार साँझ तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित...
एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक आह्वान गरिएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार, सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन । बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका...
सल्यानमा यात्रुबहाक बस पल्टियो, ६ जना घाइते
काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा आज बिहान यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका...










