अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार ०९:०८
file photo

डडेलधुरा । डडेलधुरामा गएराति अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त अटोमा तीन जना सवार थिए । तीमध्ये पदम र केशवको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।