समाचार
धनगढीमा अटो दूर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । धनगढीमा अटो दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ५० वर्षीय गंगा केसी रहेका छन् । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो दूर्घटना भएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर...
माओवादीको विशेष रुपान्तरण अभियान आजबाट सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ आजबाट सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका ७ हजार २४३ वडामा एक साथ सो अभियानको आज उद्घाटन गरेका छन् । अभियान ३ महिनासम्म संचालन हुने जनाइएको छ । यस अभियान अन्तर्गत...
सुनको मुन्द्रा लुट्ने मकवानपुरका लामासहित दुई जना पक्राउ
काठमाडौं । लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले २ जनालाई बिहीबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
सातामा २३ अंकले घटेर १९९० अंकको विन्दुमा पुग्यो नेप्से
काठमाडौं । यो साता नेप्से सूचकसँगै कारोबार रकममा समेत तीव्र गिरावट आएको छ । सातामा चार दिन खुलेको बजारमा २३ अंकले घट्दै नेप्से सूचक १९९० अंकको विन्दुमा पुगेको छ । यस्तै, यो साता कारोबार रकम समेत ठुलो परिणामले घट्दै जम्मा ४ अर्ब १० करोड १३ लाख ६७ हजारमा सीमित...
हेटौंडामा मानव कंकाल फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप ड्राइभरडाँडास्थित शुक्रबार दिउँसो मानव कंकाल फेला परेको छ । दिउँसो ड्राइभरडाँडामा चुरियामाई जाने बाटोतर्फको झाडिमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका...
देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने तयारी
काठमाडौं । सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी गरिरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा...
सन नेपालको आईपीओ बाँडफाँड
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो । बाँडफाड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । बाँकी ६ दाख ९८ हजार ८६२ जना आवेदकहरूको...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ३२५ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ३२५ पुगेको छ । जिल्लामा शुक्रबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ३२५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना र भीमफेदी गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि...
हेटौंडा सिमेन्टको उत्पादन आजबाट पुनः सुरु
मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आजबाट पुनः उत्पादन सुरु गरेको छ । करिब डेढ महिनादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः आजबाट उत्पादन सुरु गरेको हो । हाल उद्योग व्यवस्थापनले बोलपत्रमार्फत् करिब दुई हजार पाँच सय मेट्रिक टन कोइला आपूर्ती गरेपछि उत्पादन सुरु...
एमालेका २२ नेता दुई हप्ताको लागि चीन भ्रमणमा जाने
काठमाडौं । नेकपा एमालेका २२ नेता दुई हप्ता (१२ दिन) को लागि चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्न लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली शनिबार राती त्यसतर्फ प्रस्थान गर्नेछ । भ्रमण टोलीमा पार्टी स्थायी समिति...










