१७ दिनदेखि बेपत्ता मेजर पण्डित मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० भाद्र २६,मंगलवार १८:३६
सांकेतिक तस्वीर

सुर्खेत । १७ दिनदेखि बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डित मृत अवस्थामा फेला परेका छन् ।

पण्डित मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले मंगलबार बिहान नदी किनारमा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेका प्रहरीले शवको पहिचान गर्न सकेन ।

यद्यपी प्रहरीसँगै पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा उक्त शव पण्डितकै रहेको पुष्टि गरेको प्रहरीले जनाएको छ । मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् ।

शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ ।

काठमाडौंको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित गत भदौं १० मा त्रिपुराकोटबाट बेपत्ता भएका थिए ।