स्व. नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार ०९:३९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार विदा हुने जानकारी दिएको हो ।

नेम्वाङको हृदयघातका कारण मंगलबार राति निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर अहिले ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको छ ।

उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।