बालसुधार गृहमा झडप हुँदा १४ जना घाइते

तु खबर संवाददाता
२०८० भाद्र २७, बुधबार १०:२०

काठमाडौं । वीरगंजस्थित बाल सुधार गृहमा मंगलबार झडप हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्सा प्रहरीले जनाएको छ ।

उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन् । केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगंज लगिएको थियो ।

भक्तपुरबाट गएका कैदी बन्दी र पहिलादेखि वीरगंजमै रहेका केदीबन्दीबीच पटक–पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।