राष्ट्रिय सभा बैठक भोलि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक भोलि (बिहीबार) बस्ने भएको छ । बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको हो ।
सो बैठकमा संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो ।
यसअघि भदौ २२ गते बसेको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।