लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार १६:२३

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १२ ग्राम ७ सय ४० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी मोडबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–५ पिप्ले बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र बागमती गाउँपालिका–६ फापरबारी बस्ने २१ वर्षीया रूपा विश्वकर्मा रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिपेन्द्रको साथबाट १२ ग्राम ३ सय ४० मिलिग्राम र रूपाको साथबाट ४ सय मिलिग्राम ब्राउनसुगर बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।