राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार १६:३४

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवम् वर्तमान प्रतिनिधि सभा सदस्य स्व. नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए ।

शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार अपरान्ह १ बजे बस्ने गरी आह्वान गरिएको छ ।