संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ ।
सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शोक प्रस्ताव पारित गर्ने बाहेक आजको बैठकका लागि अन्य कार्यसूची नभएको जनाइएको छ ।