स्व. नेम्वाङको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार १७:१७

काठमाडौं । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य स्व. सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।

संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने नेम्वाङको निधनमा प्रतिनिधि सभाले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको सभामुख घिमिरेले जानकारी दिए ।

शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको प्रतिनिधि सभाको बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।