एकीकृत समाजवादीद्वारा २१ जना केन्द्रीय सदस्य मनोनीत

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार १६:०६

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । गत भदौं ५ गतेदेखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ ।

मनोनीत हुनेहरुमा अनेरास्ववियूका पूर्वध्यक्ष सुदेश पराजुली, अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी रहेका छन् ।

यसैगरी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।