बागमती प्रदेश मन्त्रिपरिषद् : स्व. नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार १६:५९
file-photo

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष स्व. सुवास चन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज बसेको बैठकले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

स्व. नेम्वाङ पूर्व सभामुख एवम् वर्तमान प्रतिनिधि सभा सदस्यसमेत थिए । उनको हृदयघातका कारण मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।