मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको हो ।
बैठकले संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ ।
एमालेका उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।