एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टीका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरिएको हो ।
सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
नेम्वाङको गएराति १ः३० बजे हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि लगिने जनाइएको छ ।