नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गरी शोक मनाउने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए ।
पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए । साथै बैठकले पार्टीको झन्डा आधा झुकाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।