बुधबार नेप्सेमा हरियाली छाउँदा करिव डेढ अर्बको कारोबार

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार १६:२५
file-photo

काठमाडौं । आज साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ ।

कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको हो । बुधबार नेप्से ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २७५ कम्पनीहरुको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से १९.४२ अंकले घट्दा १९६७.५७ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७६ कम्पनीहरुको ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

शेयर बजार बढेसँगै आज सम्पूर्ण उपसूचकमा हरियाली छाएको छ । आज शेयर बजार बढेसँगै लाभांश घोषणा गर्ने क्रममा रहेका वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ ।