नेप्से १९ अंकले घट्यो, १ अर्ब १३ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । सोमबार सुधारको संकेत देखिएको नेप्से आज पुन घटेको हो ।
आज नेप्से १९.४२ अंकले घट्दा १९६७.५७ को विन्दुमा कायम भएको छ । यसअघि सोमबार ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको थियो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २७६ कम्पनीहरुको ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमबार २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ ।