समाचार
मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय सुनिल सार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुुुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उक्र स्थानमा दुर्घटना हुँदा सार्की गम्भीर घाइते भएका थिए...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।...
मकवानपुर प्रहरीद्वारा लागूऔषध गाँजासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोस्टबाट लागूऔषध गाँजा ३ किलो ६०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ बस्ने वर्ष ५६ को सिबनाथ...
मकवानपुरमा सडेको अवस्थामा पुरुषको शव फेला
मकवानपुर । मकवानपुरमा मंगलबार सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ करौजेस्थित बागमती नदी किरानामा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३६ वर्षीय पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त शव नदीले बगाइ ल्याएको जस्तो देखिने मकवानपुरका प्रहरी...
दुई मेनपावर कम्पनीको लाइसेन्स निलम्बन
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीलाई विभागले निलम्बन गरेको हो । पूर्व स्वीकृतिविना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको पाइएको विभागले जारी...
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । बैठक एक साताका लागि स्थगित गरिएको हो । मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै...
प्रदेश सभा सचिवालयमा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ । प्रदेश सभा सचिवालयमा विज्ञान प्रविधि, नवप्रर्वधन तथा विकास कोष संचालन गर्न बनेको विधेयक २०८० दर्ता भएको सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार, सचिवालयमा आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही भदौं १८ गते अपराह्न साढे १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा हुने सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयले सोही दिन विहान साढे...
उपप्रधानमन्त्री र कोरियाली राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो । सो क्रमममा राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । राजदूत पार्कले...
कांग्रेसका विभागले भदौं १५ गतेसम्ममा पूर्णता नपाउने
काठमाडौं । नेपाली कांग्रेसका विभागले भदौं १५ गतेसम्म पूर्णता नपाउने भएका छन् । साउन १० मा सकिएको केन्द्रीय समितिको बैठकले भदौं १५ गतेभित्रमा विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ । विभागको संख्या थपेर...










