प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाएका छन् ।
प्रदेश प्रमुख शर्मासमक्ष गत आर्थिक वर्ष २०७९/०८० मा मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन बुझाइएको हो ।
मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन बुझ्दै प्रमुख शर्माले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत् सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारवाहीको चर्चा गरे ।
उनले आगामी दिनमाख पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायाधिवक्ताको कार्यालय लागिपर्ने विश्वास व्यक्त गरे ।
