प्रदेश प्रमुख शर्माले दिए तमु ल्होछारको शुभकामना
हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गुरुङ समूदायको महत्वपूर्ण पर्व तमु ल्होछारको उपलक्ष्यमा शुभकामना दिएका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका यस समुदायका दाजुभाई–दिदिबहिनी तथा समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिए ।
हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु ल्होछार मनाइँदैछ ।
प्रमुख शर्माले गुरुङ समुदायले ल्होछारलाई तिब्बती पात्रो अनुसार नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउँने उल्लेख गर्दै यस दिनबाट चालु वर्गको अन्त्य र नयॉ वर्गको सुरु भएको मानिने उल्लेख गरे ।
‘यो समुदायमा आजबाट बिरालो वर्गको सम्वत्सर समाप्त भई गरुड वर्गको आगमन भएको मानिन्छ ।’ प्रमुखको शुभकामना सन्देशमा छ ।
