पहिरोबाट उछिट्टिएको ढुङ्गाले लागेर किशोरको मृत्यु
धनगढी । डडेलधुरामा पहिरोबाट उछिट्टिएको ढुङ्गाले लागेर एक किशोरको मृत्यु भएको छ ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार, हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउँकोमा ढुङ्गा लागेको थियो । घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज मृत्यु भएको हो ।
अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध छ ।
