आइतबार नेप्से परिसूचक १० अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज २७६ सूचीकृत कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज हाईड्रोपावरबाहेक सबै उपसूचकमा हरीयाली छाएको छ । तीमध्ये सबैभन्दा धेरै टेडिङ्गको उपसूचक बढेको नेप्सेले जनाएको छ ।