दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

तु खबर संवाददाता
२०८० भाद्र २५,सोमबार १६:०२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज थ्री स्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज मोलुङ हाइड्रोपावरको ९.८७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशत, प्रोग्रेशिफ फाइनान्सको ८.६५ प्रतिशत लगायत अन्यसहित २१२ कम्पनीको शेयर मूल्य बढेको छ ।