करेन्टले लियो पुरुषको ज्यान

तु खबर संवाददाता
२०८० भाद्र २४, आईतवार १६:२९
file-photo

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बनकसबासा बस्ने अन्दाजी ५० वर्षीय धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जनाइएको छ ।