बागमती प्रदेश सभा बैठकबाट शोक प्रस्ताव पारित

मकवानपुर । बागमती प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश सभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय. कार्की २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । कार्कीको केही दिनअघि क्यान्सर रोगबाट उपचारको क्रममा निधन भएको थियो ।
सभामुख पाठकले प्रदेश सभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो साढे १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।