समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

तु खबर संवाददाता
२०८० भाद्र २५, सोमबार ०८:५३
file-photo

विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभाको आयोजना गर्दैछ ।

सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० ले सम्बोधन गर्ने छन् ।

भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेश सभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

मोर्चाले सातमध्ये ५ प्रदेशमा सन्देश सभा आयोजना गरिसकेको छ । यसअघि आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा सन्देश सभाको आयोजना गरेको थियो ।