समाचार

सुनको भाउ ४ दिनदेखि स्थिर

काठमाडौँ । पछिल्लो ४ दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।...

एसियाकप खेल्न पाकिस्तान गए सन्दीप लामिछाने

  काठमाडौँ । राष्ट्रिय क्रिकेट समूहका सदस्य सन्दीप लामिछाने आज एसियाकप खेल्न पाकिस्तान गएका छन् । सन्दीप लामिछाने विहान ११ बजेर २० मिनेटमा कतार एअरवेजको जहाजबाट दोहा हुँदै पाकिस्तान गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आइतबार हेर्न नभ्याइनेमा परेपछि...

पछिल्लो १९ महिनामा विदेश जानेको संख्या २३ लाख ६७ हजार

काठमाडौँ । पछिल्लो समय विदेश पलायन हुनेको संख्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । रोजगारी, अध्ययन वा भिजिट भिसा, जसरी होस् विदेश जाने मनोविज्ञान बढिरहेको पाइएको छ । अध्यागमन विभागको तथ्याङ्क हेर्दा पछिल्लो १९ महिनामा विदेश जाने नेपालीहरुको कूल संख्या २३ लाख ६७ हजार ५७८ छ । विद्यार्थीहरु प्लस–टु...

अवैध पटकासहित तीन जना पक्राउ

काठमाडौं । प्र्रहरीले काठमाडौंबाट अवैध पटककासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया...

दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको ज्यान गयो

धनगढी । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको ज्यान गएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको ज्यान गएको प्रहरीले जनाएको छ । दार्चुला प्रहरीका अनुसार, गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने...

१० संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् । १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन् ।...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन–तम्घास सडकखण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का...

गोरखामा पहिरोले एक घर बगायो, सात घरमा क्षति

गोरखा । गोर्खामा पहिरोले एक घर बगाएको छ भने सात घरमा क्षति पुगेको छ । जिल्लाको धार्चे– ६ यार्सामा गएराति लगातारको बर्षापछि गाउँको बिचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको हो । पहिरोले घरमा रहेको नगद, जिन्सी सबै लगेको भएपनि मानवीय क्षति भने नभएको स्थानीय वडाध्यक्ष...

मकवानपुर प्रहरीद्वारा सुन र नगद चोरी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक

मकवानपुर । मकवापनुरका प्रहरीले सुनका गरगहना तथा नगद रकम चोरीमा संलग्न चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गत साउन ३० गते विहान ११ बजेर २५ मिनेटमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधापस्थित सुशिला साउदको घरबाट नगद र सुन चोरी गर्ने चार जनालाई भदौं ७ गते काठमाडौंको...

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले यही भदौ १२ गतेदेखि लागू हुने गरी काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।...