मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार ०८:२९

मकवानपुर । सिमान्तकृत चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बागमतीको चितवन, मकवानपुर र धादिङ
जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको उनले बताए ।

यस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले भने बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिएको छ ।